प्रचण्डको निजी सुरक्षा प्रमुखमा डीएसपी सुवेदी

राजनीति समाचार

२०७६ जेठ २३ काठमाडौं ,

प्रहरी प्रधान कार्यालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा प्रमुखमा प्रहरी नायव उपरिक्षक (डीएसपी) नरेशराज सुवेदीलाई खटाएको छ । हाईटी मिसनबाट भर्खरै फर्किएका सुवेदीलाई बिहीबारबाट प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा खट्ने भएका हुन् ।

यसअघि प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा कार्यरत डिएसपी सन्तोष सिंह राठौरको महानगरीय प्रहरी वृत लैनचौरमा सरुवा भएको छ । प्रचण्डको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र डीएसपीकै नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् । उनीमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *