आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप भारतका १० धनी सेलिब्रेटीः कसको कमाई कति ?

AuthorAP Khabar२०७५ मंसिर १९, बुधबार (५ साल अघि) ४७२ पाठक संख्या

काठमाडौं ,मंसिर १९: फाेर्ब्स २०१८ ले भारतका एकसय सेलिब्रेटीको लिस्ट तयार पारेको छ । यो लिस्टमा सबैभन्दा अगाडि सलमान खानको नाम रहेको छ । सलमान खानले विराट कोहलीको पछाडि छोडेर माथि उक्लिएका छन् । टप १० को लिस्टमा अक्षय कुमार, दिपीका पादुकोणको नाम समेत समावेश गरिएको छ । दोस्रो नम्बरमा रहेका शाहरुख खान १३ औंफाेर्ब्स २०१८ ले भारतका एकसय सेलिब्रेटीको लिस्ट तयार पारेको छ । यो लिस्टमा सबैभन्दा अगाडि सलमान खानको नाम रहेको छ । सलमान खानले विराट कोहलीको पछाडि छोडेर माथि उक्लिएका छन् । टप १० को लिस्टमा अक्षय कुमार, दिपीका पादुकोणको नाम समेत समावेश गरिएको छ । दोस्रो नम्बरमा रहेका शाहरुख खान १३ औं नम्बरमा गएका छन् । यसवर्ष शाहरुखको कमाईमा ३३ प्रतिशत गिरावट आएको छ । भने प्रियंका चोपडा ४९ नम्बरमा पुगेकी छन् ।

यहाँ टप १० को लिस्ट तयार पारिएको छ । नम्बरमा गएका छन् । यसवर्ष शाहरुखको कमाईमा ३३ प्रतिशत गिरावट आएको छ । भने प्रियंका चोपडा ४९ नम्बरमा पुगेकी छन् ।

यहाँ टप १० को लिस्ट तयार पारिएको छ ।

– अजय देवगनः बलिउडका सिंघम भनेर चिनिने अजय देवगन साढे ७४ करोडको वार्षिक कमाईको साथ दशौँ नम्बरमा छन् ।

– सचिन तेन्डुलकरः ८० करोड वार्षिक कमाई गर्ने सचिन यो सुचीको नवौं स्थानमा छन् ।

– रणवीर सिंहः ८४ करोड ७ लाख वार्षिक कमाउने रणवीर सिंह फ्रोब्र्सको सुचीमा आठौँ स्थानमा छन् ।

– अमिताभ बच्चनः ९६ करोड १७ लाख वार्षीक कमाई गरेको बच्चन यो वर्ष फ्रोब्र्सको सुचीको सातौँ स्थानमा आइपुगेका छन् ।

– आमिर खानः ९७ करोड ५० लाखको कमाई गर्ने आमिर खान छैटौँं स्थानमा छन् ।

– महेन्द्र सिंह धोनीः क्याप्टेन कुल धोनीले एक वर्षमा १ सय १ करोड ७७ लाख रुपैयाँको कमाई गर्छन् । जसअनुसार उनी सुचीको पाचौँ स्थानमा छन् ।

– दीपिका पादुकोणः फ्रोब्र्सको टप टेन सुचीमा पर्ने दीपिका पादुकोण एक्ली महिला हुन् । कमाईको हिसाब गर्ने हो भने दीपिकाले आफ्नो पतिलाई पनि पछि पारेकी छन् । वार्षीक १ सय १२ करोड ८० लाख रुपैयाँ कमाउँदै दीपिका चौथो स्थानमा परेकी छन् ।

– अक्षय कुमारः वार्षीक १ सय ८५ करोड कमाउँदै अक्षय फ्रोब्र्सको सुचीमा तेश्रो स्थानमा छन् । अक्षयको गतवर्षको कमाई ९८ करोड २५ करोड थियो ।

– विराट कोहलीः भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली वार्षीक २ सय २८ करोड ९ लाख रुपैयाँ कमाउँदै दोश्रो स्थानमा छन् ।

– सलमान खानः १ सय जनाको सुचीमा भारतका सबैलाई पछि पार्दै सलमान खान पहिलो नम्बरमा छन् । उनको वार्षीक कमाई २ सय ५३ करोड २५ लाख रुपैयाँ छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस