आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ग्यास सिलिन्डर बिस्फोट हुदा जलेको पाँच घाइतेलाई ठप्प उपचारको लागि काठमाडौं लगियो

AuthorAP Khabar२०७६ जेष्ठ २४, शुक्रबार (४ साल अघि) २५१ पाठक संख्या

जेठ २४ जीतपुर
एपी खबर डेस्क
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वार्ड न १४ स्थित रहेको स्याउली चौकमा शुक्रबार बिहान अमर ग्यासको सिलिन्डर बिस्फोट हुदा घाइते भएको मध्ये ५ जनाको स्थिति गम्भीर रहेकोले गर्दा ठप्प उपचारको लागि काठमाडौं लगिएको छ ।

शरीरको अधिकांश भाग जलेका उनीहरुको अवस्था गम्भिर बन्दै गएपछि नेपाली सेनाको हेलिकप्टर र बुद्ध एयरको विमानबाट काठमाडौं लगिएको हो। वार्ड न १४ स्याउली बजारमा शुक्रबार बिहान ग्यास लिक भई आगलागी हुँदा एकै परिवारका चारसहित सातजना घाइते भएका थिए।

घाइतेमध्ये सेनाको हेलिकप्टरमा लगिएकाको वीरगन्जस्थित नेशनल मेडिकल कलेज र विमानमा लगिएकाको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थियो। हेलिकप्टरमा ५२ वर्षीया दिलमाया स्याङतान, २८ वर्षीया ज्ञानीमाया मोक्तान र २८ वर्षीया सुकुमाया थिङलाई वीरगन्जबाट काठमाडौं लगिएको हो भने ६७ वर्षीय नजरमान थिङ र ३२ वर्षीया बहुतमान थिङलाई बुद्ध एयरबाट काठमाडौं लगिएको छ।

काठमाडौं लगिएको घाइतेमा एकै परिवारका तीनजना छन्। नजरमानसहित उनका साइलो छोरा बहुतमान र काइली बुहारी सुकुमायालाई कीर्तिपुर बर्न सेन्टरमा लगिएको छ। घाइते सुकुमाया चार महिनाकी गर्भवती हुन्।

घटनामा घाइते भएकी नजरमानकै साइली बुहारी २८ वर्षीया अनिता थिङ र २६ वर्षीया कमलीमाया थिङको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको आईसियुमा राखेर उपचार भइरहेको अस्पतालका चिकित्सकले जनाएका छन्।

प्रहरीका अनुसार नजरमानकी बुहारी सुकुमायाले बिहान खाजा बनाउने क्रममा सिलिण्डरबाट ग्यास लिक भई आगलागी भएको थियो। सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र चुलो बाल्ने क्रममा भान्सामा आगो फैलिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस