आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गोकर्ण विष्ट यतिकै भाइरल !

AuthorAP Khabar२०७५ मंसिर १९, बुधबार (५ साल अघि) ७२५ पाठक संख्या

काठमाडौं ,मंसिर १९ :  संसारमा लोकप्रियता कमाउन धेरै ठूला कार्य गर्नुपर्छ भन्ने छैन । व्याप्त सामाजिक सञ्जालले विभिन्न समयमा कुनै न कुनै विषय सामान्य ढंगले प्रस्तुत गरिरहेका हुन्छन् । ती विषय कुनै समय भाइरल बनिदिन्छन् र सबै माझ पुग्छन् । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इमो, इन्स्टाग्राम, युट्युबबाट धेरै मानिसलाई माथि पु¥याएको छ र झारेको पनि छ । यसले विकृतिसमेत निम्त्याएको छ । धेरैको रोजीरोटी पनि बनेको छ ।

यहाँ जोड्न खोजिएको प्रसंग भिन्न हो । काठमाडौंको व्यस्त शहर जहाँ ट्राफिक कन्ट्रोल गर्न सीमित स्रोत साधनले भ्याइनभ्याइ छ । सबैलाई हतारो हुन्छ गन्तव्यमा पुग्न । कुन मानिस कहाँ कसरी गइरहेको हुन्छ, यहाँ थाहा हुँदैन । मानिसलाई हतारो हुनु स्वभाविक नै हो । मंगलबारको दिन सरकारी झण्डा लगाएको गाडी सर्वसाधारणका जस्तै जाममा उभिएको दृष्य फेला प¥यो र पत्रकारको क्यामेरामा कैद भयो । त्यो निकै भाइरलसमेत भएको छ ।

मंगलबार थापाथली चोकको जाममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट चढेको गाडी पत्रकार रामेश्वर बोहराको क्यामरामा कैद भयो । पत्रकार बोहराले ट्विटरमा केही शब्दसहित गाडीको तस्बीर पोष्ट गरेपछि भाइरल बनेको छ । बोहोराले ट्विट गर्दै भन्नुभएको छ, ‘थापाथलीमा झण्डावाल गाडी लेनमा बसेको देख्दा अचम्म लाग्यो, बाटो खुलेपछि पनि यसले बटुवालाई बाटो छाडिदियो । साइरन बजाएन, तीब्र गति पनि थिएन । अगाडि पुगेर हेरेँ, श्रममन्त्री गोकर्ण विष्टको गाडी रहेछ ।’

जनता समाचार

प्रतिक्रिया दिनुहोस