आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिपरको ठक्करबाट २१ब वर्षीय साईकलयात्रीको मुत्यु

AuthorAP Khabar२०७६ जेष्ठ २६, आईतबार (४ साल अघि) ३६२ पाठक संख्या

जेठ २६ तनहुँ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ गाछेपानीमा आइतबार बिहान ८ : ४० मा टिपरको ठक्कर बाट एक साईकलयात्रीको मुत्यु भएको छ । मुत्यु हुनेमा शुक्लागण्डकी वडा नं २ बस्ने २१ वर्षिय कमल वि क रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।

भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग १ ख ७१७८ नं को टिपरले बाटो काट्ने क्रममा साईकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका विकलाई नजिकको तनहुँसेवा अस्पताल दुलेगौडां लगिएको र थप उपचारको लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरेपछि त्यहाँ लैजाने क्रममा उनको ८ः५५ मा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिए । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस