आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उपचारका क्रममा श्रीमतीको मृत्युपछि शव अस्पतालमै छाडेर श्रीमान् फरार

AuthorAP Khabar२०७६ जेष्ठ २६, आईतबार (४ साल अघि) २४६ पाठक संख्या

जेठ २६
जनकपुर- उपचारका क्रममा श्रीमतीको मृत्यु भएपछि उनलाई छोडेर श्रीमान् फरार भएका छन्।

क्षिरेश्वरनाथ नगरपालिका निवासी अरविन्द यादवले गएराति आफ्नी श्रीमती २२ वर्षया रेणु यादवलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याएका थिए। तर, उपचारका क्रममा मृत्यु भएपछि श्रीमतीको शवलाई अस्पतालमै छोडेर फरार भएको माइती पक्षले बताएको छ।

सामान्य टाउको दुखेको भनी अस्पताल ल्याइएकी छोरीको मृत्यु नै रहस्यमय भएको मृतकका बुबा महोत्तरी बर्दिवास २ का ६८ वर्षीय राम विनय यादव दाबी गर्छन्। ‘छोरीको मृत्यु होइन। हत्या भएको हो,’ यादवले भने, ‘छोरीको बारे राति ३ः३५ मा मलाई फोन आयो। तर, बिहान आउँदा पति र उसका घरका सबै जना फरार थिए।’

बुवा राम विनयमा अनुसार रेणुको को ६ वर्षअगाडि बिहे भएको थियो। त्यसको ६ महिनापछि श्रीमान् अरविन्द विदेश गएका थिए।

‘विदेश गएपछि ज्वाइँले फोन गर्न छाडेकाले समाजले कुरा मिलाएको थियो,’ मृतकका बुबा भन्छन्, ‘घटनापछि किन पति र घरका व्यक्ति भागे?’

छोरीको घाँटीमा पराल राखेर थिचेर मारेको मृतकका बुबाको आशंका छ।

मृतकको शव अहिले जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। पोस्टमार्टमपछि मात्र केही भन्न सकिने जनकपुर अञ्चल अस्पताल प्रशासनको भनाइ छ।

पीडित माइती पक्षका अनुसार मृतक रेणुका पति झन्डै २० दिन पहिले विदेशबाट गाउँ फर्केका थिए।

धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले भने हत्या नै भएको भन्न सक्ने अवस्था नरहेको बताएका छन्। प्रारम्भिक अनुसन्धानमा औषधिको अत्यधिक प्रयोगले मृत्यु भएको हुन सक्ने देखिएको छ। रेणुले ६० भन्दा बढी ट्याब्लेट खाएको बुझिएको कार्कीले बताए।श्रोत स्वास्थ्य खबर

प्रतिक्रिया दिनुहोस