आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जन्ती बोकेको बस दुर्घटना ९ जना घाइते

AuthorAP Khabar२०७५ मंसिर २०, बिहिबार (५ साल अघि) ७०७ पाठक संख्या

AP सम्वादाता

 काभ्रे, मंसिर २० : बिवाहको लागी जन्ति लिएर जाँदै गरेको बस दुर्घटना भएको छ । आज बिहान ८ बजे काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित ढंखर्कबाट खोपासीतर्फ जाँदै गरेकोबा ३.ख५३२३ नम्बरको बस सडकको साईडमा पल्टिएको जिल्ला प्रहरी काभ्रेले जनाएको छ ।

५५ जना जन्ती बोकेको बस पल्टदा ९ जना घाईते हुन पुगेका छन् । घाइते हुनेहरूमा बेथानचोक गाउँपालिका ३ घर भएका १८ बर्षका पेमा लामा,सोही घर भएका १८ बर्षका राजन लामा,४५ बर्षका कान्छा तामाङ,१९ बर्षका सुजन लामा,४५ बर्षका बिर बहादुर तामाङ,४२ बर्षका मन बहादुर तामाङ र नमोबुद्ध नगरपालिका –११ घरभएका २७ बर्षकी सरिता तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरूको शिरमेमोरियल अस्पताल बनेपामा उपचार भईरहेको र प्रायः सबै सामान्य अवस्थामा रहेको समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस