आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बसको ठक्करबाट एकको मृत्यु

AuthorAP Khabar२०७५ मंसिर २०, बिहिबार (५ साल अघि) ४८२ पाठक संख्या

महोत्तरी , मंसिर २० : मैत्रीपुर्ण बसको ठक्करबाट बुधबार राती एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।

जनकपुरबाट पटना जादै गरेको BR06PV ९२५१ नम्बरको मैत्रीपुर्ण बसले जलेश्वर नगरपालिका मलिवारमा विपरित दिशाबाट आउदै गरेको ज १ प १६५० नम्बरकोे मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बाराका २५ वर्षीय राज कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भारत सितामढी सुतिहाराका सोनु कुमार ठाकुर र चुन देवी ठाकुरको जनकपुर अन्चल अस्पतालमा उपचार भैरहको छ । त्यस्तै, घाइते मेघनाथ ठाकुरलाई थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा चारैजना सवार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक विज्ञान वस्नेतले जानकारी दिनुभएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस