आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

AuthorAP Khabar२०७६ जेष्ठ २७, सोमबार (४ साल अघि) ३८१ पाठक संख्या

२०७६ जेठ २७

भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सिंहले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् ।

उनले सन् २०११ को विश्वकपमा ३६२ रन र १५ विकेट लिएका थिए। सो विश्वकपमा म्यान अफ दी सिरिज समेत चुनिएका सिंहले आज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदै २०११ को विश्वकप आफ्नो लागि यादगार रहेको बताए। ‘भारतका लागि ४ सय खेल खेल्न पाएकोमा मैले आफूलाई एकदमै भाग्यमानी ठानेको छु । क्रिकेटले मलाई सबैथोक दिएको छ, त्यहीकारण म अहिले यहाँ उभिएको छु । अब अगाडी बढ्ने समय आएको छ,’ उनले भने ।

सन् २००० को अक्टुबरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सिंहले भारतका लागि आफ्नाे अन्तर्राष्ट्रिय करियरमा ३०४ वानडे म्याच खेले जसमा ८७०१ रन बनाउँदै १११ विकेट लिए। त्यस्तै ४० टेस्ट म्याच खेलेका उनले १९०० रन तथा ५८ टी २० खेल्दै ११७७ रन बनाएका थिए।

सन् २०१७ देखि भारतीय टिमबाट पाखा लगाइएका उनी बीचमा क्यान्सरको समस्याबाट पनि गुज्रिए । टिममा फिर्तीको आशमा रहेका उनले दुर्ई वर्ष पर्खँदा पनि मौका नपाएपछि सन्यासको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस