आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा किसानलाई बाड्ने सहुलियत धानको बीउ नक्कली प्रमाणित, प्रशासनद्वारा बिक्रीमा रोक

AuthorAP Khabar२०७६ जेष्ठ २८, मंगलबार (४ साल अघि) ३१३ पाठक संख्या

२०७६ जेठ २८

वीरगंज : स्थानीय तहमा पठाएको धानको बीउ नक्कली भेटिएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले बिक्री बितरणमा रोक लगाएको छ ।

कृषि ज्ञान केन्द्र, पर्साले पठाएको धानको बीउ गुणस्तरहीन भएको समाचार बाहिर आएपछि जिल्ला प्रशासन कार्यालयले बीउ परीक्षणको लागि बीउ बिजन प्रयोगशालामा पठाएको थियो ।
सात जातको बीउमध्ये बासमती र राम धानको बीउ परीक्षणको लागि पठाइएकोमा राम धानको बीउको उमार्ने शक्ति कमजोर रहेको प्रमाण भेटिएपछि बिक्रीमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी गराए ।

ज्ञान केन्द्रले टेन्डर प्रक्रियामार्फत रु १ करोड ५७ लाख बराबरको ८१.५ मेट्रिक टन विभिन्न जातका धानको बीउ सहुलियत दरमा खरीद गरेको छ ।

समाचार सङ्कलन गर्ने क्रममा पर्सागढी नगरपालिकामा पुग्दा त्यहाँ राखेको धानको बीउको बोरामा २०७४ साल छापिएकोमा कालो मार्करले २०७५ बनाई २०७६ मा बिक्री गरेको फेला परेपछि समाचार प्रकाशनमा आएको थियो ।

सोही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय, पर्सा र प्रदेश सरकारले अनुसन्धान शुरू गरेपछि जिल्ला प्रशासनले दुई जातको धानको बीउ नक्कली भएको ठहर गर्दै बिक्रीमा रोक लगाएको प्रजिअ भट्टराईले बताए।

ज्ञान केन्द्रले टेन्डरमार्फत महारानी झोडा साना किसान सहकारी, गौरादह, झापाबाट सो बीउ खरीद गरेको देखिन्छ । प्राप्त जानकारी अनुसार प्रदेश सरकारको कृषि मन्त्रालयले आठ जिल्लाको लागि सोही सहकारी संस्थाबाट बीउ खरीद गरेको थियो । ज्ञान केन्द्रका कर्मचारीले मिलेमतो गरी गुणस्तरहीन बीउ खरीद गरेको स्रोतले जानकारी दिएको छ ।

यस विषयमा ज्ञान केन्द्रका प्रमुख डा रामचन्द्र यादवले समाचार प्रकाशमा आएदेखि आफुले बीउ बिक्रीमा रोक लगाएको र जिल्ला प्रशासनको पत्र पाएको बताए । उनले स्थानीय तहमा पठाएको बीउ फिर्ता ल्याउने बताए । -प्रतिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस