आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बागलुङमा ट्याक्सी दुर्घटना, एकको मृत्यु २ जना घाइते

AuthorAP Khabar२०७६ जेष्ठ ३२, शनिबार (४ साल अघि) ४२४ पाठक संख्या

जेठ ३२
बागलुङ । जिल्लाको गलकोट नगरपालिकाको केन्द्र हटियादेखि गलकोट नगरपालिका–४ नुवाकोट जाँदै गरेको ट्याक्सी भेडीखोलामा दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ध १ ज ५१३ नम्बरको ट्याक्सी गए राति १० बजे भेडिखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा गलकोट नगरपालिका–४ नुवाकोट निवासी मनबहादुर खत्रीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइते हुनेमा नुवाकोट निवासी सवारी धनी तथा चालक हुमबहादुर कुँवर र आयुष कार्की रहनु भएको छ । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिनुभयो ।

रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस