आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राष्ट्रपति भण्डारीद्वारा लोकसेवाको प्रशंसा

AuthorAP Khabar२०७६ अषाढ १, आईतबार (४ साल अघि) ३१३ पाठक संख्या

असार ०१ गते
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले लोकसेवा आयोगको प्रशंसा गर्नु भएको छ । आयोगको ६९ औं वार्षिकोत्सवमा आइतबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले लोकसेवाको साख तथा गरिमा कायम राख्नुपर्ने उल्लेख गर्नुभयो ।

‘लोकसेवा आयोग साख तथा उच्च गरिमा छ’ समारोहमा उहाँले भन्नुभयो, ‘त्यसलाई कायम राख्न र जनविश्वास बलियो बनाउन सरकार र सम्वद्ध सबै क्षेत्रबाट सहयोग तथा समन्वय आवश्यक छ ।’

राष्ट्रपतिले समृद्ध नेपाल निर्माण गर्ने सरकारको संकल्पलाई पूरा गर्न आयोगको महत्वपूर्ण लभूमिका हुने बताउनु भयो । ‘सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर लोकसेवाले त्यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘संविधानले सुम्पेको जिम्मेवारीलाई योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा पूर्ण कार्यान्वयन गर्न आयोगले सुदृढ ढंगले अघि बढाएको छ।’

लोकसेवा आयोगले परीक्षण पद्धतिलाई समय सापेक्ष बनाउने प्रयास गरिरहेको राष्ट्रपति भण्डारीको भनाई छ । राष्ट्रपति भण्डारीले आयोग संवैधानिक अंगको रुपमा रहेको स्मरण गराउँदै त्यसलाई स्वतन्त्र ढंगले संचालन हुने वातावरण बनाउनु पर्ने उल्लेख गर्नुभयो ।श्रोत जनता समाचार

प्रतिक्रिया दिनुहोस