आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्यानडामा हुने ग्लोबल टि-२० लिगमा सन्दीप र सोमपाल खेल्दै

AuthorAP Khabar२०७६ अषाढ ६, शुक्रबार (४ साल अघि) ४२६ पाठक संख्या

२०७६ असार ६

नेपाली बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामीले ग्लोबल ट्वान्टी–२० क्यानडा लिगमा खेल्ने भएका छन् । सन्दीपलाई टोरन्टो नेसनल्सले बिहीबार भएको ड्राफ्टबाट ६० हजार डलरमा लिएको हो । सन्दीपले भारतका पूर्व अलराउन्डर युवराज सिंहसँगै टोरन्टोबाट खेल्ने छन् ।

एसोसिएट खेलाडीको कोटामा सन्दीपलाई पहिलो नम्बरमै टोरन्टोले न्युनतम मूल्यमा लिएको हो । सन्दीपले गत वर्ष मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए । सोमपाललाई विन्नीपेग हक्सले न्युनतम ३ हजार डलरमा लिएको हो । उनले पहिलोपल्ट विदेशी लिगमा खेल्न लागेका हुन् ।

ट्वान्टी–२० क्यानडा लिग जुलाई २५ मा सुरु हुनेछ । नेपालले जुलाई २० देखि २८ सम्म सिंगापुरमा आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट खेल्नुपर्ने भएकाले दुवैले क्यानडामा सुरुआती खेल गुमाउनुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस