आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाले मधेशलाई संवृद्ध बनाउन कुनै कसर बाकी नराख्नेः– भौतिक पुर्वधार तथा यातायात मन्त्री महासेठ

AuthorAP Khabar२०७५ मंसिर २१, शुक्रबार (५ साल अघि) ५९७ पाठक संख्या

AP डेस्क

बारा , मंसिर २१ : बारामा पुलको शिलान्यास गर्न आएका भौतिक तथा पुर्वाधार मन्त्री रघुविर महासेठले मधेशलाई संवृद्ध बनाउन कुनै कसर बाकी नराख्ने बताएका छन । प्रसौनी गाउपालिका अन्तर्गत पर्ने वडा नम्वर ७ नितनपुरमा दुधौरा नदीमा बन्न लागेको पुलको शिलान्यास गर्दै मन्त्री महासेठले मधेशलाई संवृद्ध बनाउन नेपाल कम्युनिष्ट पार्टीले कुनै कसर बाकी नराख्ने बताएका छन ।

पुलको शिलान्यास गर्दै मन्त्री महासेठले विपक्षी दलका नेताले आरोप प्रत्यारोप बाहेक केहि नगरेको आरोप लगाएका छन । मधेशमा नेकपा बारे फैलाएको गलत भ्रम चाडै नै गलत सावित हुने दावी गरे । नेकपा एक मात्र विकास सोचको पार्टी रहेको बताए । नेकपा नेतृत्व सरकारले विकासको काम मधेश बाटै सुरु गरि विकासको लहर फैलाएको बताए । राष्ट्रिय गौरवका योजनाहरु मधेश बाटै सुरु भएको समेत जानकारी गराए ।

अन्तराष्ट्रिय विमानस्थल, फास्टट्रयाक, रेलवेमार्ग, औधोगिक क्षेत्रको निमार्ण जस्ता ठुला योजनाहरु मघेशमा गरि प्रतिपक्षको मुख बन्द गरेको बताए । ट्रेलर सुरु भईसकेको छ आउदो चार वर्षमा प्रतिपक्षलाई पुरै फिल्म हेराउने बताए । अवको चार वर्षमा नेकपाले मधेशमा विकासको लहर फिजाई नमुन बनाउने प्रतिवद्धता गरे । कुनै पनि ठाउको विकास गर्नको लागि सवभन्दा पहिला त्याहा राम्रो सडक पुल पुलेसा भए त्यस ठाउको विकास आफै हुने मन्त्री महासेठले बताएका छन । पुल निमार्ण हुन कुनै किसिमको बाधा अडचन नआउने बताए ।

समयमा पुल निमार्ण गर्न जति वजेट चाहियो त्यो मन्त्रालयबाट आफु दिलाउने मन्त्री महासेठले प्रतिवद्धता गरेका छन । स्वर्गीय नेकपा नेता महम्मुद आलमले ०७३ सालमा देखेको सपाना नितनपुर बलुवा बन्जरिया जोडने पुलको बुधवार शिलान्यास भएको देखेर धेरै खुशी लागेको पुर्व सभासद नजमा खातुनले बताईन । नितनपुर बलुवा बन्जरिया जोडने पुलको कुल लम्बाई ९७.१५ मिटर रहेको छ ।

पुलको किसीम टु वेब्ड प्रेशट्रेस्ड कन्र्सट ब्रिज रहेकोम ३ वटा स्पामको लम्बाई ३० मिटर रहेको छ । पुलको कुल चौडाई ७.५० मिटर पुलको कुल चौडाई ११ मिटर रहेको छ । सपना मेरिना विन्न्ध्यांचल जे. भी. ले १३ करोड ८० लाख ४६ हजार ३ सय ४५ रुपैया ५ पैसामा ठेक्का लिएका छन । सो पुल एक वर्षमा सम्पन्न गर्ने कार्यक्रममा प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, पुर्व सभासद नजमा खातुन, जितपुरसिमारा उपमहानगरपालिकाका नगर प्रमुख डा कृष्ण पौडेल, उपप्रमुख सरस्वत िचौधरी, उघोग वाणिज्य सँघ बाराका अध्उक्ष विनोद साह, सिता गुरुङ्ग, मोविन आलम, मनोज पौडेल, मुकेश साह, ध्रुव यादव, प्रहरी उपरिक्षक सानुराम भटराई लगायत हजारौको संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस