आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बृद्धबृदालाई पाँच हजार

AuthorAP Khabar२०७५ मंसिर २१, शुक्रबार (५ साल अघि) ४४५ पाठक संख्या

हिलिहाङ , मंसिर २१ : पाँचथरको फिदिम नगरपालिका वडा नं ९ लुम्फाबुङका ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले उपचारका लागि रकम प्रदान गरेको छ ।

नगरप्रमुख ओनाहाङ नेम्वाङले ज्येष्ठ नागरिकलाई रु पाँच हजारका दरले ३७ जनालाई सो रकम विहिबार प्रदान गर्दै यस्तो सहयोग निरन्तर हुने बताउनुभयो । दीर्घरोगीअन्तर्गत मिर्गौला, मुटु र क्यान्सर रोगीलाई १० देखि २० हजार रुपैयासम्म नगरपालिकाले उपलब्ध गराइरहेको छ । रकम पाएपछि ज्येष्ठ नागरिक हर्षित भएको वडासचिव विनय रम्तेलले बताउनुभयो ।

अहिलेसम्म नगरपालिका कार्यालयमै आएका ८० वर्ष पार गरेका ९० ज्येष्ठ नागरिकलाई पनि औषधोपचार खर्च प्रदान गरिसकिएको छ । चिसोबाट बच्न मानव अधिकार एकल महिला समूहले ७८ एकल महिलालाई ब्ल्याङ्केट र प्रमाणपत्र वितरण गरेको समूहका अध्यक्ष सरस्वती रिजालले बताउनुभयो । फिदिम–९ का वडाध्यक्ष बालकृष्ण लावतीले ज्येष्ठ नागरिकको हकहित, विकास र समृद्धिको क्षेत्रमा काम गर्दै जाने बताउनुभयो । वडासदस्य गङ्गा राईले वडाका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलितलाई प्राथामिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस