आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्रीको निर्देशनमा हटाइयाे रेशमलाई बाँधेकाे साङ्लो, साङ्लाेले बाँध्नेलाई कारबाही हुने

AuthorAP Khabar२०७६ अषाढ ७, शनिबार (४ साल अघि) ३५६ पाठक संख्या

असार ०७ काठमाडाैँ । टीकापुर हत्याकाण्डको अभियोमा जेल सजाय भाेगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई उपचारका क्रममा समेत १४ नेल (साङ्लो) लगाएकाे भन्दै चाैतर्फी आलाेचना भयाे । अन्तत: प्रधानमन्त्री केपी शर्मा आेलीले उनलाई लगाइएकाे साङ्लाे हटाउन निर्देशन दिएपछि साे साङ्लाे हटाइएकाे छ ।

स्वास्थ्यमा समस्या देखिएपछि चाैधरीलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । तर उनकाे खुट्टामा साङ्लाेले बाँधेर राखिएकाे देखेपछि विभिन्न दलका नेता तथा अधिकारकर्मीले समेत सरकारकाे आलाेचना गरे । चाैतर्फी विराेध र दबाव बढेपछि शुक्रबार बेलुकी नै सांसद चौधरीको खुट्टामा लगाईएको नेल हटाइएको हाे ।

अस्पतालको बेडमा रहँदा पनि नेल लगाएर राखिएको थाहा पाएलगत्तै प्रधानमन्त्री ओलीले साे नेल हटाएर दाेषीलाई कारबाही गर्न निर्देशन दिएकाे प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । उनका अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाएकाे घटनाबारे अध्ययन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएका हुन् ।

कैलालीबाट निर्वाचित सांसद चौधरी काठमाडौंको वीर अस्पतालमा भर्ना भएका छन् । उनका परिवार स्रोतका अनुुसार सांसद रेशम केही समय अगाडिदेखि अस्पतालमा नियमित जाँचका लागि गइरहेका थिए । बिहीबार श्वास फेर्न र हिँड्नसमेत गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस