प्रधानमन्त्री शक्तिशाली बन्दा प्रदेश र स्थानीय तहले काम गर्न सकेनन्ः नेता सिंह

राजनीति समाचार

एपी खबर
सिमरा, असार ७ : पूर्व उपप्रधान एवं स्थानीय बिकास मन्त्री प्रकाशमान सिंहले बर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानको मर्म विपरित कार्य गरेको आरोप लगाए लगाउनुभएको छ ।

श संघियतमा गएपनि प्रधानमन्त्री शक्तिशाली बन्न अर्थ एवं गृह अन्तर्गतका विभागलाई आफ्नो मातहतमा ल्याउने जस्ता गतिविधिले देश संघीयतामा गएपनि शासन प्रणाली परिवर्तनमा नभएको बताउनुभयो ।

घर घरमा सिंहदरवार भन्ने सरकारले स्थानीय तह र प्रदेशको अधिकार कुण्ठित पारि बजेट विनियोजन गर्नुले यो सरकार संघियताको पक्षधर नरहेको पुष्टि भएको उहाँको भनाई छ ।

एक अर्को प्रसंगमा गुठीको मुल मर्म र भावना बिपरीत प्राधिकरण मार्फत जग्गा जमिनमा चलखेल गर्न गुठी बिधियक ल्याएर सिष्ठ र सम्भ रुपमा संचालित समाजलाई बिथिोल्न लागेकोले नेपाली कांग्रेसले सडक देखि सदनसम्म आवाज उठाई गुठी बिधियक फिर्ता र खारेजीको माग गरेको बताउनुभयो ।

‘सरकारले दुई तिहाईको दम्भ देखाएर विभिन्न निकायहरुमा हस्तक्षेप गरेको भन्दै गुठी विधियक, सञ्चार विधियक यसका ज्वलन्त उदाहरण भएको बताउदै उहाँले अब सरकारको अनावश्यक हस्तक्षेप जनताले सहन्न नसक्ने दाबी गर्नुभयो ।

कानून बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा सरकार झिना मसिना कुरामा अल्झदा स्थानीय तह र प्रदेश सरकारले काम गर्न नसकेको आरोप लगाउन्ुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *