आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यमुनामाई गाउँपालिकाको वडा न १ को वडा भेला सम्पन्न ।

AuthorAP Khabar२०७६ अषाढ ७, शनिबार (४ साल अघि) ३६१ पाठक संख्या

अखिलेश कुमार यादव ।
असार ०७ रौतहट ।
रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाको वडा न १ जेठरहियामा वडा अध्यक्ष नन्दलाल राय यादवको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ ।
वडा भेला कार्यक्रममा आ.व. २०७६/०७७ को बजेट तर्जुमाका लागि वडा स्तरीय योजना तथा कार्यक्रम छनौटको लागि यमुनामाई गाउँपालिकाको वडा न १ जेठरहियामा वडा भेला सम्पन्न भएको गापाको प्रवक्ता एवम वडा न १ को अध्यक्ष नन्दलाल राय यादवले जानकारी गराएको छ ।

यमुनामाई गापाको अध्यक्ष श्री प्रसाद मुखियाको प्रमुख अतिथ्यमा र निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद समसाद आलमको बिशेष अतिथ्यमा आर्थिक बर्ष २०७६/०७७ को लागि बिकाशको नयाँ प्याकेज ल्याउने भएको छ ।

उक्त वडा भेला कार्यक्रममा यमुनामाई गापाको अध्यक्ष श्री प्रसाद मुखियाले आफु अनुगमन गरेको जेठरहियामा बिकाशको गति तिब्र रुपमा अगाडी बढेको र जेठरहिया एक बिकशित वडा रहेकोले आउने दिनमा जेठरहियामा ठप्प बिकाशको योजना ल्याउने आफु सधै तत्पर रहने वडा भेला कार्यक्रममा वहाले वडाको भरभलादमि युवाहरुको साम्मु आफ्नो मन्तब्य राखेको थियो ।

वडा भेला कार्यक्रममा वडा न १ मा बिकाशको गतिले तिब्र रुप लिएको र बिकाश बिरोधि जति पनि हल्ला गरेपनि आफु बिकाशको लक्ष्य भन्दा कहिले पछाडी हट्दिन अध्यक्ष नन्दलाल यादवले वडा भेला मार्फत सबैलाई अवगत गराएको थियो ।

प्रतिक्रिया दिनुहोस