आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस एकजुट हुने बेला आयो : उपसभापति निधि

AuthorAP Khabar२०७६ अषाढ ८, आईतबार (४ साल अघि) २९६ पाठक संख्या

असार ०८ काठमाडौं ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन देशभित्र र बाहिर रहेका नेपाली एकजुट हुनु पर्ने समय आएको बताएका छन् । डेनमार्कको राजधानी कोपनहेगनमा कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाद्वारा आयोजित नेपाली जनसम्पर्क समितिको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उपसभापति सत्तासीन दलका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा उत्पन्न भएकाले लोकतन्त्रवादी शक्ति एक हुनु पर्नेमा जोड दिए । लोकतन्त्रको रक्षा गर्न लोकतन्त्रबादीहरुको प्रमुख दायित्व भएको उनको भनाइ थियो । सम्बोधन कार्यक्रममा बोल्दै उनले भने, ‘सरकारको नेतृत्वमा रहेको नेताबाटै संघीयतामाथि विश्वास लिन सक्ने अवस्था छैन, लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएकाले संघीयताविरुद्ध हाकाहाकी कुरा गरिरहेका छन् ।’

कार्यक्रममा कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले पार्टीमा गुट उपगुटका कुरा छाडेर एक जुट हुन आग्रह गरे । उनले एकजुट भएर हिड्ने हो भने कुनै शक्तिले पराजित गर्न नसक्ने बताए ।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम, दाहाल, नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ, स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटालगायतले कार्यक्रमको सफलतामा शुभकामना दिएका थिए । आइतबार सम्पन्न हुने कार्यक्रममा विश्वका २३ देशका करिब २ सय जनाको सहभागीता रहेका छन् । प्रशिक्षणमा डा। मिनेन्द्र रिजाल, डा। रामशरण महत, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, भीष्मराज आंगदम्बे, गोबिन्द भट्टराईलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । श्रोत नयाँपत्रीका

प्रतिक्रिया दिनुहोस