आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रूपन्देहीमा ५ वर्षीया बालिकाको सामूहिक बलात्कार, ६ जना पक्राउ

AuthorAP Khabar२०७५ मंसिर २२, शनिबार (५ साल अघि) ४४७ पाठक संख्या

 

बुटवल  , मंसिर २२ : महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीमा ५ वर्षीया बालिका सामूहिक रुपमा बलात्कृत भएकी छन् ।

देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित बालिकामाथि शुक्रबार राति सामूहिक बलात्कार भएको हो ।

बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएका बेला घरनजिकैको टहरोमा बालिकाको बलात्कार भएको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

बलात्कृत बालिकाको अहिले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बालिका बलात्कार आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्रेको छ । नियन्त्रणमा लिइएका ६ मध्ये देवदह नगरपालिका– ६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेका छन् ।

अन्य ४ जनामाथि पनि अहिले अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घर्तीमगरले जानकारी दिए । ‘पक्राउ परेका २ ले अपराध स्वीकारिसकेका छन्’, प्रहरी निरीक्षक घर्तीमगरले भने, ‘अन्य ४ जनासँग पनि अनुसन्धान भइरहेको छ ।’

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस