आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी आठ प्रहरी मारिए, १६ जना घाइते

AuthorAP Khabar२०७६ अषाढ १३, शुक्रबार (४ साल अघि) ३४९ पाठक संख्या

असार १३ ।
तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा आठ प्रहरी मारिएका छन् । शुक्रबार बिहान सबेरै मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा गरेको आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् ।

तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारीले पनि कारबाही गर्दा दोहोरो भिडन्त भएको थियो । सो क्रममा तालिबानतर्फ पनि हताहत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

तर यति नै सङ्ख्यामा आतङ्ककारीतर्फ हताहत भएको सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सरकारसँग युद्धरत तालिबान लडाकू समूहले यस आक्रमण र झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् । नयुज 24 बाट साभार

प्रतिक्रिया दिनुहोस