आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

AuthorAP Khabar२०७६ अषाढ १४, शनिबार (४ साल अघि) १०४२ पाठक संख्या

असार १४ एजेन्सी :
विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन । पहिलो खेलमा पाकिस्तान र अफगानिस्तान भिडदैछन् भने दोस्रो खेलमा अस्ट्रेलियाले न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । लड्स मैदानमा दिउसो सवा तीन बजे हुने खेलमा अफगानिस्तानलाई हराउदै पाकिस्तान अन्तिम चारमा पुग्ने प्रयासमा छ ।

प्रतियोगिताबाट बाहिरिइसकेको अफगानिस्तान भने पहिलो जित निकाल्ने प्रयासमा छ । खेलमा पराजित भए पाकिस्तानको विश्वकप यात्रा पनि सकिनेछ । आजै साँझ अस्ट्रेलियाले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

खेलमा विजयी भएमा न्युजिल्याण्ड सेमिफाइनलका लागि छनोट हुनेछ । सेमिफाइनलमा पुगिसकेको साविक विजेता अष्ट्रेलिया भने न्युजिल्याण्डलाई हराउने प्रयासमा छ ।

विश्वकपका पछिल्ला दश भेटमा अष्ट्रेलियाले सात र न्यूजिल्याण्डले तीन खेलमा जित निकालेको छ । जारी विश्वकपमा अस्ट्रेलिया र न्युजिल्यान्ड दुबैलाई उपाधिको दाबेदारका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस