सन्ताेषजन काम भए मात्र भुक्तानी : टेकराज पन्थी ।

देश समाचार

राैतहट,१४ असार ।
गरुडा नगरपालिका, राैतहटका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संचालनमा रहेका याेजनाहरुकाे कार्य सन्ताेषजनक नभए भुक्तानी नदिने बताएका छन् ।
नगरपालिकाका विभिन्न वडाहरुमा संचालित विभित्र अायाेजनाहरुकाे अनुगमन तथा निरिक्षण गर्न याेजनास्थलमा पुगेका प्रमुख प्रशासकीय अधिकृत पन्थीले “याेजनाकाे अनुगमन नगरी कुनै भुक्तानी हुदैन । पत्रकार, जनप्रतिनिधि, प्राविधिक सहित अनुगमनलाई तिव्रता दिईएकाे छु” प्रतिक्रिया दिनु भयाे ।कामकाे गुणस्तरीयता र कामकाे अवस्था हेरि मात्रै भुक्तानी बारे केही साेच्न सक्नेकाे भनाइ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *