आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सागढ़ी नगरपालिकामा डेढ बिगाहा जग्गामा ४०० बिरुवाहरुको वृक्षारोपण कार्य सम्पन्न

AuthorAP Khabar२०७६ अषाढ १४, शनिबार (४ साल अघि) ८१७ पाठक संख्या

नरेश यादब।
पर्सागढि १४ असार।
डिभिजन वन कार्यालय पर्सा को आयोजनामा पर्सागढि नगरपालिका स्थित रहेको सबैया साझेदारी वन अन्तर्गत अतिक्रमणमा रहेको डेढ बिगाहा जग्गामा आज वृक्षारोपण गरिएको छ

जसमा आपको बोट २०० ,लिचि १०० ,कटहर ५० ,अमला ५० पिस जम्मा ४०० बिरूवाहरू बृक्षारोपण गरीएको छ।वृक्षारोपण कार्यक्रमको शुरूवात पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले बिरूवा रोपि कार्यक्रमको शुरूवात गर्नु भएको थियो ।वोट विरूवा रोप्नुपर्छ बिरूवाहरू आफनो लागि त आवश्यक छदैछ साथै आउने हाम्रो सन्तती को लागि पनि आवसयक रहेको मूल नाराको साथ् आज पर्सागढ़ी नगरपालिकामा बृक्षा रोपन गरिएको छ ।

बोट बिरूवाहरू लगाएमा वातावरण पनि संतुलन हुन्छ ,प्रकृतिक प्रकोप हुदैन , सजीव प्राणीलाई बच्न पनि रूख बिरूवा को आवस्यकता भएकोले गर्दा आजको युगमा बोट बिरुवाको धेरै आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद भट्टराई ले वृक्षारोपण कार्यक्रममा भन्नु भएको थियो।

डिभिजन बनका प्रमुख राजेशवर मान श्रेष्ठ को अध्यक्षतामा वृक्षारोपण कार्यक्रममा शुरु गरीएको थियो।
कार्यक्रममा सबैया साझेदारी बन कार्यालय सबैयाका ब्यवसथापन अध्यक्ष लखनलाल साह रास्ट्रिय अनुशनधानका एसपि कुमार खडका ,कोलनीका प्रमुख लक्षुमन पौडेल ,वाडन ४ का अध्यक्ष समसुदिन साह देवान ,लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तवय इलाका बन सोलखपुरका सहायक बन अधिकृत रामपुकार यादबले गरेका थिए र सहजिकरण मधुवन मथवल सेकचर बन बढनिहारका सहायक बन अधिकृत फरमान मियाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस