आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बागलुङमा जिप दुर्घटना हुदाँ ७० बर्षिय वृद्धको मृत्यु

AuthorAP Khabar२०७६ अषाढ १४, शनिबार (४ साल अघि) ११४४ पाठक संख्या

असार १४ , बागलुङ ।

बागलुङको बरेङ गाउँपालिका–२ मा जिप दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । दुर्घटनामा बरेङ गाउँपालिका–३ नयाँबजारकी ७० वर्षीया बिष्णुमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाकारी दिएको छ ।

बाटाकाचौरको नयाँबजारबाट बागलुङ सदरमुकामका लागि छुटेको ध १ ज ४९१ नम्बरको जिप रोकी राखेको अवस्थामा शनिबार दुर्घटना भएको हो । सूदला चोकमा जिप रोकेर चालक यात्रु बोलाउन जाँदा गाडी गुडेर पल्टिएको थियो । दुर्घटनामा हुग्दिशिरकी मञ्जु परियारकी डेढ वर्षीया छोरी सुस्मा परियार घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि पाल्पा रेफर गरिएको छ ।

जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलयले बागलुङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस