आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको सरकार पूर्णरुपमा असफल ;सभापति देउवा

AuthorAP Khabar२०७६ अषाढ १४, शनिबार (४ साल अघि) २९४ पाठक संख्या

असार १४

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार पूर्णरुपमा असफल भएको आरोप लगाएका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा काँग्रेस सभापति देउवाले कम्युनिस्ट नेतृत्वको सरकार मुलुक सञ्चालन गर्न असफल भएको आरोप लगाएका हुन् ।

उनले जनताले वर्तमान सरकारबाट मुक्ति चाहेकाले जनताले नै सरकार ढाल्ने समेत बताए । विधेयक लगायतका विषयमा सरकारले गरेका सबै काम विवादमा परेको भन्दै उनले सरकारलाई टिकाइराख्न जरुरी नभएको बताए ।
कार्यक्रममा सुनकोशी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, बालकलाकार आयुष केसीलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस