आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरी निरीक्षक नायकको आगमनले तस्कर ,अपराधी,चोरहरुमा भाग दौड सुरु

AuthorAP Khabar२०७६ अषाढ १४, शनिबार (४ साल अघि) ५९८ पाठक संख्या

रौतहट, आषाढ़ १४ । रौतहट जिल्लामा प्रहरी निरीक्षकको रुपमा आएका युवा लगनशील पपु नायकको कमाल अहिले सम्मको सवै भन्दा उत्कृट देखिएका छन । आफ्नो दायित्व निर्वाह गर्ने तत्पर रहने इंस्पेक्टर नायकको कार्य देखेर अपराध गर्ने अपराधी तथा विगत लामो समय देखि अपराध गरी फरार भएकामा हड़कंप मचेका छन ।

जिल्ला प्रहरी कार्यालयले शुक्रवार सार्वजानिक गरेको प्रगति विबरण अनुसार क्राइम नियंत्रण गर्ने अभियानको अभियंता रहेका नायकले आफ्नो कमाण्डमा ४ महीनामा विभिन्न घटनामा संलग्न आरोपित तथा फरार रहेका ५५ जना आरोपित लाइ पक्राउ गरेको छ ।

चोरीका ४४ सवारी साधन बरामद गरिएको छ । यसमा ४० वटा मोटर साइकल , २ स्कार्पियो तथा २ बोलेरो रहेको छ । दर्ता भएका पुराना मुद्दा खोतलेर फरार रहेका अभियुक्तलाइ पक्राउ गर्ने विशेष अभियान अन्तर्गत उक्त आरोपित व्यक्तिहरु पक्राउ परेको छ ।

प्रहरीले फरार अभियुक्त ५ , अदालतबाट दोषी ठहर भई फरार भएका ३ ,साइबर क्राइम अपराधमा संलग्न ३ , विभिन्न चोरीको घटनामा संलग्न १५ जना पक्राउ परेको छ १ डाका र चोरीको घटनाका अभियुक्त १० , लागु औषध गाजाको कारोबार गर्ने ६ जना , लागू औषध सेवन तथा बिक्री बितरण गर्ने २ जना बम काण्डका अपराधी २ फेस बुक हैकर १ , जुवा खेल्ने ५ , मानव बेच विखनमा संलग्न १ , टेम्पू सहित लुटपिट गर्ने १ सीसी कैमरा फुटाउने १ जना पक्राउ परेको प्रगति विबरणमा उल्लेख गरिएको छ ।

रक्सी भट्ठी नस्ट ४८ , मदिरा नस्ट ७ हजार लीटर ,रक्सी बनाउने उपकरण १२४ , तथा मशीन २९ ,भन्सार छलीका ९७ लाख ३० हजार ४ सय ९० रुपैया बरावरको कपडा , दैनिक उपभोग्यका सामानहरु बरामद गरिएको छ । २३ को ५ सय ग्राम गाजा बरामद गर्नुको साथै ६ जना मानिस र लागु औषध इंजेक्शन ३ सय ,टेबलेट १५ सय र २ जना मानिस पक्राउ परेको छ ।

हराएको महिला तथा वालवालिकालाई खोज तलास गरी अभिभावकलाई जिम्मा लगाईएको १० ,हराएको मोबाईल खोज तलास गरी मोबाईल धनीलाई बुझाएको १२ वटा ,सौफी रक्सी र पिकअप १७,००० पिस र ३ वटा ,लागु औषध मुद्दाको सफल अनुसन्धा ३ वटा गर्नुको साथै ५ कठामा लगाइएको अफीम खेती नस्ट गरिएको प्रहरी निरीक्षक नायकले बताएको छ ।

उहाले जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ऋयलखभचत इउभचबतष्यल अन्तर्गत खटेको ऋचष्भ द्यचबलअज त्भब ले रौतहट जिल्ला भरीमा अपराध नियन्त्रण कार्य देखि भंसार चोरी निकासी पैठारी र समाजमा शान्ति सुरक्षा विषेश योगदान पुर्याएको बताए ।

रौतहट प्रहरीले समाजमा अप्रिय घट्नाहरु रोकथाममा कुनै कमी कमजोरी कदम नराख्ने प्रतिज्ञा समेत गरेको बताउँदै जिल्लामा विगत ४ महिना देखि अपराधी कृयाकलाप गर्ने र गराउने धार्का तल्लो मुनी पुगेको ठोकूवा गरेका छन । नायकले शान्ति सुरक्षामा भरपर्दो व्यवस्था पाईएको बताए । कुनै अप्रिय घट्ना घटन दिनु हुदैन् घटना घटेको वा घटना हुने सम्भावना देखेमा प्रहरीलाइ खवर गर्न सवै सित अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस