आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नागढुंगाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

AuthorAP Khabar२०७६ अषाढ १४, शनिबार (४ साल अघि) ३६५ पाठक संख्या

असार १४
काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले खैरो हिरोईन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको मुख्य नाका चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगास्थित चेकजाँचको क्रममा खैरो हिरोईन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत थानकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले नेपालगंजबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना८ ख १३४ नम्बरको यात्रु बाहक बसबाट खैरो हिरोईन (ब्राउन सुगर) बरामद भएको बताए ।

जिल्ला सुर्खेत गर्भाकोट न.पा. वडा नं. १३ घर हुुने वर्ष २७ को गोपाल परियारलाई लागुऔषध खैरो हिरोईनसहित पक्राउ परेको डीएसपी थापाले पुष्टि गरे ।

वृत्त प्रमुख थापाले कालो प्लाष्टिकमा लुकाईछिपाई लिई आएको लागुऔषध खैरो हिरोईन ११.१५ ग्राम परियारको साथबाट बरामद गरेको पुष्टि गरे ।

पक्राउ परेका परियारमाथि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।source ratopati.com

प्रतिक्रिया दिनुहोस