आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पप्पु कन्ट्रक्सनको लापरवाही २ वर्ष बित्दा पनि पुल निर्माण हुन् सकेन

AuthorAP Khabar२०७६ अषाढ १५, आईतबार (४ साल अघि) २७४ पाठक संख्या

रौतहट १५ असार । रौतहटको गौर नगरपालिका र इशनाथ नगरपालिका बीचमा पर्ने लाल बकैया नदीमा यो वर्ष पनि निर्माणाधीन पुल अधुरै रहेको हो ।

ठेक्का सम्झौता परेको २ वर्ष बित्दा पनि निर्माण कम्पनीले अझै पनि पुलको काम अधुरै राखेको छ ।

२०७१ असार २९ गते १४ करोड ९३ लाखमा पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरेर २०७४ साल असार २५ गते भित्र निर्माण कार्य पुरा गर्न लिखित सम्झौता तात्कालीन संचालक हरिनारायण रौनियारले गरेका थिए ।

२०७५ असार मसान्त पछि म्याद पनि थपिएको छैन, सदरमुकाम गौरबाट इशनाथ, राजपुर र परोहा नगरपालिकाको गाउँतर्फ आउजाउ गर्न समस्या छ ।

प्रतिक्रिया दिनुहोस