आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘स्वीप अप्रेसन’ होटेलबाट ४२ जना नियन्त्रणमा, ९ किशोरकिशोरी

AuthorAP Khabar२०७५ मंसिर २२, शनिबार (५ साल अघि) ५५० पाठक संख्या

काठमाडौं , मंसिर २२  : महाराजगंज प्रहरीले काठमाडौंका विभिन्न होटेलबाट ४२ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति प्रहरीले गरेको ‘स्वीप अप्रेसन’मा होटेल सञ्चालकसहित पक्राउ परेका हुन् । उनीहरुका साथबाट प्रहरीले गाँजा समेत बरामद गरेको जनाएको छ ।

अप्रेसनकै क्रममा प्रहरीले ९ जना किशोरकिशारीलाई समेत पक्राउ गरेको छ । ‘वर्थ डे’ मनाउन भनि होटेलमा बसेको अवस्थामा २ किशोरी र ७ पुरुषलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीहरु मित्रनगरस्थित बाग्लुङ कालिका गेष्ट हाउसमा बसेका थिए । पक्राउ पर्नेहरु ८ देखि ११ कक्षामा पढ्ने रहेका छन् । उमेर अन्दाजी १३ देखि १८ वर्षसम्म रहेको छ ।

पक्राउ परेका किशोरकिशोरीहरुलाई अभिभावक बोलाएर अबदेखि यस्तो कार्यमा नलाग्ने शर्तमा छोडिनेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस