आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

AuthorAP Khabar२०७६ अषाढ १७, मंगलबार (४ साल अघि) ४०३ पाठक संख्या

असार १७
काठमाडौं,

काठमाडौंको बुढानिलकण्ठमा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। बुढानिलकण्ठको पासिकोटमा मंगलबार बिहान १० बजे नवज्ञानभूमि स्कुलको बसको ठक्करबाट तीन वर्षीया सुदिप्ती परियारको मृत्यु भएको हो ।

ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगिएको र उनको उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। बालिकालाई ठक्कर दिएको स्कुल बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार छन् । उनको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको बोगटीले बताए।

अहिले स्थानीयबासीले स्कुल अगाडि प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस