आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पहिलो चरणको भवन निर्माण अन्तिम चरणमा, हावाहुरी पिडितलाई केहीदिन भित्रै हस्तान्तरण हुने

AuthorAP Khabar२०७६ अषाढ १९, बिहिबार (४ साल अघि) २८७ पाठक संख्या

एपी खबर
जीतपुर, १८ असार :  निर्माण थालेको डेढ महिना नपुग्दै नेपाली सेनाले जिम्मा लिएको पहिलो चरणका घरहरुका स्वरुप गाउँ गाउँमा देखिन थालेपछि हावाहुरी प्रभाबितका अनुहारमा खुसि आउन थालेको छ । हावाहुरी, घाम र पानीमा झण्डै चार महिना देखि पालमुनी बास बस्न बाध्य भएका हावाहुरी पिडित अवको केहीदिन भित्रै सेनाले बनाएका सुबिधा सम्पन्न घरमा बस्न पाउने भएपछि उनीहरुका अनुहारमा खुसि आएको हो ।

बाराका हावाहुरी पिडितहरुको पहिलो चरणका ४ सय १७ घरको निर्माण अन्तिम चरणमा पुगी हस्तान्तराणको प्रकृया अघि बढी रहेको नेपाली सेनाका मेजर हरी पाण्डेले बताउनु भयो ।

आफ्नो घरको भग्नावषेश हटाउन समेत जागर मारेका प्रभाबितहरु अहिले निर्माणको काममा नेपाली सेनालाई सघाउदै आएका छन् । सेनाले पहिलो चरणमा पुर्ण क्षति भएका बाराको १० स्थानमा ३९५ र पर्सामा २२ गरी ४सय १७ वटा घरको निर्माण गर्ने भएको हो । सेनाले दोश्रो चरणका निर्माण कार्यलाई पनि संगसगै अघाडी बढाएको नेपाली सेनाका मेजर पाण्डेको भनाई छ ।

प्रभावितहरुको घर पुननिर्माणका लागि रक्षा मन्त्रालयले बारामा २ हजार ९ सय ४७ र पर्सामा ५३ जना नेपाली सेना खटाएको छ । प्रारम्भिक तथ्यांक संकलनमा बारामा १३ सय ६२ र पर्सामा९४ घर रहेको भएपनि पुन तथ्यांक संकलन गर्दा पुर्णक्षति भएका घरको संख्या घटेर बारामा ८ सय ४६ र पर्सामा ६२ रहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनु भयो ।

उहाले हरेक दिन हरेक पालिकामा भएका प्रगती बिवरण सेनाले पठाउने गरेको बताउदै बिभिन्न प्राबिधिक कारणले थोरै ढिलो भएपनि पहिलो चरणका भवन करीव करीव अन्तिम चरणमा आईपुगेका र अव छिटै अस्तान्तरण गरिने बताउनुे ।
यता आफुहरुको घर समयमै बनाउन राज्यले र नेपाली सेनाले खेलेको भुमिका प्रति यहाँका स्थानियहरु मुक्ता कण्ठले प्रशंसा गरेका छन् । उनिहरुले यति छोटो समयमा घर निर्माण हुने आफुहरुले कल्पना समेत नगरेको बताउदै समयमै घर निर्माण गरेकोमा नेपाली सेनालाई धन्यवाद समेत दिएका छन् ।

२०७५ चैेत्र १७ गते आईतबार सांझ बारा र पर्सामा आएको भिषण हावाहुरीका कारण पुर्णरुपमा क्षति भएका घरहरुको पुननिर्माणका लागि चैत्र २१ गते बसेको मन्त्रिपरिषदको बैठकले जनता आवास कार्यक्रमको मोडलभित्र रहेर हावाहुरी प्रभावितका लागि घर बनाई दिने निर्णय गरेको थियो । सो निर्णय अनुसार घर निर्माणका लागि जग्गाको क्षेत्रफल ३४८.६० बर्गफिट हुनु पर्ने र ५ लाख ४५ हजार ९ सय ८५ रुपयां लागतमा प्रतिघर निर्माण गर्न सकिने जनाईएको थियो ।

प्रतिक्रिया दिनुहोस