आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्री बाँस्कोटाकाे निर्देशनमा हुवाबेलाई ३२ करोड जरिवाना

AuthorAP Khabar२०७५ मंसिर २३, आईतबार (५ साल अघि) ४०० पाठक संख्या

काठमाडौं , मंसिर २३ :  काठमाडौ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले निर्धारित समयमा परियोजना सम्पन्न गर्न नसकेको भन्दै चिनियाँ कम्पनी हुवाबेलाई जरिवाना गरेको छ । ८ वर्षमा पनि परियोजना सम्पन्न गर्न नसकेको हुवाबेलाई सूचना तथा सञ्चार प्रविधि गोकुलप्रसाद बाँस्कोटाको निर्देशनमा ३२ करोड रुपैयाँ जरिवाना गरिएको हो । नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति नाघ्दा पनि काम नभएपछि मन्त्री बास्कोटाले कारबाही गर्न निर्देशन दिनुभएको भएको हो ।

नेपाल टेलिकमका हाल जारी दशवटै परियोजना ठेकदार कम्पनीको लापरवाही र टेलिकम नेतृत्वका कारण अलपत्र परेको भन्दै मन्त्री आफैंले कारवाही प्रक्रिया थाल्नुभएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोरजी परियोजना अघि बढाउन आवश्यक सबै निर्णय लिने अधिकार मन्त्रालयलाई दिएपछि उहाँ टेलिकम सुधार्ने अभियानमा लाग्नुभएको हो ।

हुवाबेले सिडिएमए परियोजना २०११ मा शुरु गरेको थियो । नेपाल टेलिकम र हुवाबेबीचको सम्झौता अनुसार सन् २०१३ भित्रमा सिडिएमए बिस्तारको काम सकिनुपर्ने थियो । तर, सन् २०१८ सकिन लाग्दा पनि काम सम्पन्न नभएपछि मन्त्रीले टेलिकम पदाधिकारी र ठेकेदारलाई राखेर ३२ करोड बिगो भराउने निर्णय सुनाएको स्रोतले जनाएको छ । उहाँले सिडिएमए परियोजनालाई अब फोरजी परियोजनामा समायोजन गर्न निर्देशन दिनुभएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस