आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिषालु सर्पले टोक्दा शिक्षिकाको मृत्यु

AuthorAP Khabar२०७६ अषाढ २०, शुक्रबार (४ साल अघि) २६६ पाठक संख्या

पर्सागढी असार २० : पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा बिषालु सर्पले टोक्दा एक जना शिक्षिकाको मृत्यु भएको छ । पर्सागढी नगरपालिकाको वडा नं १ मनवा बस्ने अन्दाजी २८ वर्षीया सुनिता तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक शिक्षिका मनवामा रहेको बडहर्वा माध्यमिक विद्यालयमा अध्ययापन गराउँदै आएकी थिइन् । बिहिबार राति करिब १२ बजे घरमा सुतिरहेकै ठाउँमा उनलाई सर्पले टोकेको थियो । राति नै उनलाई उपचारका लागि नारायणी अस्पताल लगीएको थियो । नारायणीमा उपचार हुन नसक्ने चिकित्सकले बताएपछि उनलाई रक्सौलस्थित डंकन अस्पतालमा लगिएकोमा त्यही उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस