आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हरियो खुर्सानी खानुहोस् , यस्ता रोगबाट बच्नुहोस्

AuthorAP Khabar२०७६ अषाढ २२, आईतबार (४ साल अघि) ५०० पाठक संख्या

असार २२
काडमाडौँ – हरियो खुर्सानी हाम्रो घर गाउँ तिर सजिलै पाइन्छ । तरकारीमा स्वादको लागि प्रयोग गरिने हरियो खुर्सानीले हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक छ । पिरो स्वादमा हुने धुलो खुर्सानीको धेरै प्रयोगले गर्दा हाम्रो पेट तथा छाती नमाज्जाले पोल्ने पनि गर्छ ।

तर यसको ठिक मात्रामा सेबन गर्नाले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउदछ । हरियो खुर्सानीमा भिटामिन ’ए’, ’वि’, ’सि’, आइरन, कपर, पोटासियम, प्रोटिन, कार्बोहाइड्रेड, एन्टिअक्सीडेन्ट तथा फाइबर जस्ता पोषक तत्वहरु धेरै मात्रामा पाइन्छ ।

यसको सेबनले शरीरमा व्याक्टेरियाविरुद्ध लड्न रोग प्रतिरोधात्मक शक्तिको वृद्धि गर्छ । यसको सेबनले रगत शुद्धिकरण गर्नमा सहयोग पुर्याउँछ । यसले रगतमा भएको चिनीको मात्रालाई घटाउनमा सहयोग गर्छ । जसले कोलेस्टेरोल, उक्मरक्त चाप, मधुमेह तथा फोक्सो र मुटुसम्बन्धी समस्याबाट जोगाउछ । हरियो खुर्सानीमा पाइने भिटामिन ’ए’ र ’सी’ले आँखा तथा छालालाई फाइदा पुर्याउछ ।

यसले आखाँको दृष्टि तेज बनाएर छालाका लागि आवश्यक तेल उत्पादन गर्छ । यसले छालालाई नरम र चम्किलो बनाउछ। यसमा पाइने एन्टी व्याक्टेरियल तत्वले क्यान्सरका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ ।

प्रतिक्रिया दिनुहोस