आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

के हो नाथ्री फुट्नु ? कसरी गर्ने उपचार

AuthorAP Khabar२०७६ अषाढ २३, सोमबार (४ साल अघि) ३११ पाठक संख्या

असार २३

गर्मीमा नाथ्री फुट्ने समस्या बढी हुन्छ । नाथ्री फुटेर अकस्मात् नाकबाट ह्वालह्वाल्ती रगत निस्किन्छ । नाकबाट रगत बग्ने सबै कारण नाथ्री फुट्र होइन, तर गर्मीमा हुने समस्याको प्रमुख कारण भने यही हो ।

के हो नाथ्री फुट्नु ?

नाकबाट रगत बग्ने समस्या प्रायः गर्मीमा हुने गर्छ । गर्मीमा तातोपनका कारण नै नाकमा यस्तो समस्या निम्तिने हो । नाकमा धेरै रक्तनलीहरु हुन्छन्, जुन संबेदनशील पनि हुन्छन् । गर्मीमा खरो भएपछि संवेदनशील र साना रक्तनली फुटेर रगत निस्किन्छ । शरीरमा पानीको मात्रा कम हुने, धेरै धपेडी हुने, गर्मी देश हुनेहरुलाई यो समस्या देखिन्छ । खानपानमा ध्यान नदिने र घाममा बढी खेल्ने केटाकेटीलाई यो समस्या धेरै निम्तिन्छ । गर्मीमा नाकमा सामान्य चोटपटक लागेको अवस्थामा पनि नाथ्री फुट्ने सम्भावना बढी हुन्छ । त्यसो त नाकमा हुने विभिन्न संक्रमण, प्लेटलेटको कमी भएर रगत जम्न नदिने औषधि सेवन गरेका व्यक्ति, विभिन्न रोगको सामना गरिरहेका व्यक्तिको नाकबाट रगत बग्ने समस्या हुन्छ । एकपटक नाथ्री फुटिसकेका व्यक्ति बाहिर घाममा निस्किँदा होस पुर्याउनुपर्छ । केटाकेटीलाई धेरै गर्मीमा खेल्न दिन हुँदैन । केटाकेटीहरु घाममा धेरै खेल्दा र दौडदाँ तापक्रम बढी भएर नाकमा रहेका रक्तनली फ्ट्ने सम्भावना बढी हुन्छ ।

तत्काल के गर्ने ?

नाथ्री फुटेर रगत बगिरहेको अवस्थामा तत्काल केही उपाय अपनाउन सकिन्छ । यो अवस्थामा नोजल ड्रप प्रयोग गर्नु उपयुक्त हुँदैन । नोजल ड्रपले तत्काल नसा खुम्च्याएर रगत बग्न रोकेपनि केही समयमा पुनः रगत आउँछ । यो अवस्थामा त बुढीऔँला र अर्को कुखै औँलाले बेस्सरी नाकलाई केही माथिपट्टि पार्ने र श्वास भने मुखबाट फेर्ने गर्नुपर्छ । १० मिनेटमा रगत बग्न नियन्त्रण हुन्छ । १० मिनेटसम्म थिच्दा पनि रगत निस्किन नछाडे तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउनुपर्छ । प्राथमिक उपचारले रगत नरोकिए कारण गम्भीर हुन सक्छ । नाकको नसा कतापट्टिको फुटेको हो भन्ने कुराले सामान्य या गम्भरी कस्तो हो, पक्ता लगाउन सकिन्छ । नाकको अगाडीको भागमा नसा फुटेर रगत आएको समस्या औषधिबाट नै ठीक हुन्छ भने पछाडिपट्टि समस्या भए एक प्रकारको चक्कीले प्रेसर दिएर रगत रोक्नुपर्ने हुन्छ । अन्य कुनै रोगका कारण नाकबाट रगत आउनुलाई भने नाथ्री फुटेको भनिदैन र यो अवस्थामा दीर्घकालीन रोकथामका लागि मूल रोगकै उपचार गर्नुपर्छ ।

– हाम्रो डक्टर न्यूज

प्रतिक्रिया दिनुहोस