आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

को हुन् ‘चन्द’ ? निर्मला हत्यामा संलग्न !

AuthorAP Khabar२०७५ मंसिर २३, आईतबार (५ साल अघि) ४४८ पाठक संख्या

काठमाडौं , मंसिर २३ :  १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी गरेको छ । घटना भएको चार महिनापछि सफलता मिलेको दाबी समेत प्रहरीले गरेको छ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले समेत हत्यारा पत्ता लागेको र सार्वजनिक गर्न मात्र बाँकी रहेको बताउनु भएको छ । उहाँले निर्मला हत्यामा संलग्न रहेका मध्येबाट दुई जनाले अपराध स्वीकार गरेको बताउनु भएको थियो ।

कञ्चनपुर–१८ की निर्मलाका छिमेकी भनिएका प्रदीप रावलले आइजिपी सर्वेन्द्र खनालसमक्ष नै आफ्नो अपराध स्वीकार गरेको प्रहरी दाबी छ । प्रहरी महानिरीक्षक खनालले करिब ५ घण्टासम्म प्रदीपलाई सोधपुछ गर्नुभएको प्रहरी स्रोत बताउँछ । प्रदीप र अर्का आरोपी विशाल चौधरीमाथि छुट्टै कोठामा लिइएको बयान मेल खाएको समेत प्रहरीले बताएको छ । पक्राउ परेकामध्ये दिनेश चौधरीलाई सोधपुछपछि हत्यामा संलग्नता नरहेको पाइएपछि छाडिएको छ । तीनै जनामाथि काठमाडौंमै झिकाएर अनुसन्धान गरिएको थियो ।

डिएनए रिपोर्ट पर्खाइ
निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या भएको यसअघि नै प्रहरीले पुष्टि गरेको थियो । पन्त हत्यामा संलग्न आरोपमा प्रहरीले एकपछि अर्को गर्दै पक्रँदै छाड्दै गरेको थियो । अन्ततः प्रदेशस्तरीय प्रहरी युनिटले हत्यारालाई पत्ता लगाउन नसकेपछि केन्द्रले हस्तक्षेप गर्नु परेको हो । केन्द्र प्रहरी भने घटनाको नजिक पुगेको दाबी गर्छ । उनीहरुको डिएनए नतिजा आइतबार साँझसम्म आउनसक्ने एक प्रहरी अधिकारीले बताए । उहाँका अनुसार पक्राउ परेका दुई आरोपीको डिएनए काठमाडौंमै खोल्ने कि कञ्चनपुर पठाउने भन्नेमा छलफल भइरहेको छ । यता, प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले भने डिएनए रिपोर्टका विषयमा अहिले नै भन्न नसकिने बताउनुभयो । हत्यामा संलग्न भएको प्रमाण जुटेको र उनीहरुले स्वीकार गरिसकेको उहाँले बताउनुभयो ।

प्रहरीको खोजीमा रहेका ‘चन्द’
हत्याका आरोपी प्रदीप रावलले ‘चन्द’ थरका व्यक्तिको समेत हत्यामा संलग्नता रहेको बताएको प्रहरी स्रोतले जनाएको छ । ‘चन्द’को व्यापक खोजी भइरहेको छ । प्रदीपले लिएका नाममध्ये ४ जना पक्राउ गरिएको थियो । दुई जनालाई प्रहरीले संलग्नताको प्रमाण नभेटाएपछि छाडेको छ । ‘चन्द’का विषयमा भने प्रहरीले खोजी भइरहेको र तर अहिले भन्न नसकिने बताएको छ । प्रहरी प्रवक्ता सुवेदीले अहिले अनुसन्धान भइरहेकाले धेरै विषय खोल्न नमिल्ने बताउनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस