आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाढि पिडितका लागि प्रदेश २ सरकारले दियो १०/१० लाख, कस्ले पाउने ?

AuthorAP Khabar२०७६ अषाढ २८, शनिबार (४ साल अघि) २५६ पाठक संख्या

जनकपुर , २८ असार :  प्रदेश २ सरकारले बाढीपहिरोमा परेकाहरुको उद्धारको लागि प्रत्येक जिल्लालाई १०, १० लाख रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो ।

बाढीपहिरोमा परेकाहरुको उद्धार तथा आपतकालिन व्यवस्थापनको लागि उल्लेखित रकम पठाउने निर्णय भएको मन्त्रिपरिषद कार्यालयले जनाएको छ । प्रदेश २ मा बारा, पर्सा, सर्लाही, सिरहा, रौतहट, सप्तरी, महोत्तरी र धनुषा गरी ८ जिल्ला छन् ।

मन्त्रिपरिषद्ले बाढी पहिरोमा जीवन गुमाउनेहरुको परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । प्रदेश सरकाले राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकलाई धन्यवाद दिदै प्रदेशभरिका युवालाई समेत त्यसमा जुट्न आह्वान समेत गरेको छ ।

बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मंगाउने पहल भइरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जनाउनु भएको छ ।

 

 

जनता समाचार

प्रतिक्रिया दिनुहोस