आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन बन्ने, ६ करोड लगानी

AuthorAP Khabar२०७५ मंसिर २४, सोमबार (५ साल अघि) ४७० पाठक संख्या

चितवन  , मंसिर २४:  चितवनको भरतपुर अस्पतालमा बिरामी कुरुवाहरुका लागि अलग्गै भवन बन्ने भएको छ । अस्पताल भवन साँघुरो हुँदा बिरामीका कुरुवाहरु यत्रतत्र अलपत्र हुँदै आएका थिए ।

सहकारी विकास तथा भवन निर्माण विभागले मंसिर १९ गते एक सूचना जारी गरी बोलपत्र आह्वान गरेको थियो । आर्थिक र प्राविधिक प्रस्तावको मूल्यांकनपछि सबैभन्दा कम रकम बोलकबोल गर्ने रविना जोशी फूलजोर जेभीले ठेक्का पाएको छ । कुरुवा भवन निर्माणका लागि ६ करोड २ लाख रकम विनियोजन गरिएको थियो । त्यसमा निर्माण कम्पनी जेभीले १ करोड ३९ लाख रुपैयाँमा भवन निर्माण गर्ने प्रस्ताव गरेको छ ।

अस्पतालको पूर्वपट्टि खाली ठाउँमा कुरुवा भवन बन्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । निर्माणको काम केही समयभित्रै सुरु गरिने उनको भनाइ छ ।

६ सय शय्याको भरतपुर अस्पतालमा दैनिक करीव एक हजार विरामी स्वास्थ्य जाँच गराउन आउँदछन् । तिमध्ये चारसय पचास विरामी भर्ना हुने गरेको अस्पतालको तथ्यांक छ ।

आकस्मिक कक्षभन्दा कुरुवा घरलाई प्राथमिकता

भरतपुर अस्पतालमा बिरामीको चाप अधिक छ । पूर्वाधार अभावमा भुइँमा नै राखेर उपचार गराउनुपर्ने अवस्था छ । अझै अस्पतालको आकस्मिक कक्षले अस्पतालको साख नै गिराएको छ भन्दा फरक पदैन ।

लाखौं लाख रकम खर्च गरेर पटकपटक आकस्मिक कक्षको मर्मत गरिए पनि त्यसले अस्पतलाको इज्जत धानेको छैन । अस्पतालको अनुहार (रिफ्लेक्सन अफ हस्पीटल) देखिने आकस्मिक कक्ष सुधारको प्रयास सार्थक बनेको छैन ।

अस्पतालको प्रत्येक दश शय्या बराबर १ शय्या आकस्मिक कक्ष हुनुपर्नेमा ६ सय बेडको अस्पतालको जम्मा १२ शय्या मात्रै आकस्मिक कक्ष छ । अस्पतालका मेसु डा. कृष्ण पौडेलले सुविधासम्पन्न आकस्मिक कक्ष निर्माणका लागि पनि प्रयास भैरहेको बताए । त्यसका लागि मन्त्रालयसँग आवश्यक प्रकृया अघि बढाइएको उनको भनाइ छ । अस्पतालको प्रसूति विभागको पनि हालत उस्तै छ । शय्या अभावमा नवजात शिशु र सुत्केरीको भुइँमै उपचार हुने गरेको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस