आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराका इस्लाम धर्म मान्ने समुदायले मनाए बकर इक

AuthorAP Khabar२०७५ भाद्र ५, मंगलबार (५ साल अघि) ७३२ पाठक संख्या

जीतपुर : बाराको जितपुरमा इस्लाम धर्म मान्ने समुदायले आफ्नो महान चाड बकर इद मंगलबार धुम धामका साथ मनाएका छन् । इस्लाम धर्मावलम्बीहरुले वर्षको २ पटक मनाउने इद मध्ये यो एक मुख्य इद हो ।
ईद’को शाब्दिक अर्थ नै ‘खुसी’ भनी कुरानमा लेखिएको छ । इस्लामहरुले मनाउने पहिलो इदलाई मिठो इद पनि भनिन्छ । यो इदलाइ घर, परिवार, समाज र राष्ट्रमा प्रेमको मिठास घोल्ने अवसरका रुपमा मनाइन्छ । मिठो इदको महिनालाइ रम्जान भनिन्छ । यस पर्वको अन्तिम दिन सेबइको मिटो खिर खाइ एक आपसमा माया, प्रेम साटासट गरेर मुस्लिम समुदायले यो पर्व मनाउने गर्दछन ।
त्यसतै इस्लाम धर्म मान्ने मुस्लिम समुदायको दोस्रो इद ‘बकर इद’ हो । यसलाई बोलीचालीको भाषामा ’बकरिद’ पनि भन्ने गरिन्छ । यस पर्वमा अल्लाहको नाममा बाख्रा वा आफुलाई मन पर्ने चिजको कुर्बानी दिने प्रचलन रही आएको छ । यो पर्वमा एकआपसमा अङ्कमाल गरेर शुभकामना आदानप्रदान पनि गरिन्छ ।
जितपुरका जाबेद हुसेनले इस्लाम धर्मले आफ्नो घर, परिवार तथा आफू बसेको समाज र राष्ट्रको रक्षा गर्नु आफ्नो कर्तव्य ठानी त्यसको रक्षाको लागि आफूलाई मन पर्ने जुनसुकै वस्तु वा आफैलाइ कुर्बानी या त्याग गर्नु बकर इदको मुख्य विशेषता रहेको बताएका छन् ।
उनले कुर्वानीको सांकेतिक रुप स्वरुप इस्लामधर्मीहरुले बाख्रालाई कुर्बानी दिने गरेको बताए । यो पर्व अरुको भलाइको निम्ती मनाउने भएकोले कुर्बानी दिएको बस्तुको अधिकतम हिस्सा समाजमा रहेका गरिब र दुःखीहरुको लागि बाढ्नु पर्ने नियम अनुसार कुर्वानी दिने बस्तुलाई ३ भाग लगाइ सोको १ भाग आफ्नो लागी राखी अरु समाजमा बाड्ने चलन रहि आएको उनको भनाइ छ ।
यो पर्वमा अल्लाहको लागि अधिकांशले बाख्रा तथा बोका लगायतका अन्य जनावरको बलि दिने गर्दछन् । यसले समाजमा सद्भाव र प्रेम बढ्ने उनीहरुको मान्यता छ ।
गढिमाइ नगरपाललिका ६ बस्ने फैजुला आलमले बकर इद मनाउनको लागि सबैभन्दा ठूलो, राम्रो र महङ्गो बोका किनेर कुर्बानी दिने प्रचलन रही आएको बताए । आफ्नो दक्ष अनुसारको कुर्बानि दिने चलन रहेपनि हाल ऋण गरेर यो पर्व मनाउन थालेकोले पर्वमा बिकृती आएको उनले जिकीर गरे ।
हाल यो पर्व मनाउदा जसले ठूलो बोकाको बली दिनसक्छ ऊ ठूलो मान्छे भन्ने मान्यता बिकृतीको रुपमा विकसित हुँदै गएको देखिन्छ । यस पर्वलाइ इस्लाम धर्म मान्ने मुस्लिम समुदायले माया, प्रेम र सदभाव सहित तिन दिन सम्म एकआपसमा बाडेर मनाउने गरेका छन् । यो पर्वको अवसरमा नेपाल सरकारले एक दिनको सार्वजनिक विदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस