आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काँग्रेसले राहत र उद्धार व्यवस्थित भए नभएको अनुगमन गर्ने

AuthorAP Khabar२०७६ अषाढ ३०, सोमबार (४ साल अघि) ३१२ पाठक संख्या

असर ३०

काठमाडौं,
जारी केन्द्रिय समिति बैठक स्थगित गरि राहत र उद्धारमा जुट्ने निर्णय गरेको प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमन समेत गर्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका काग्रेस सभापति शेरवहादुर देउवाले सोमबार विहानै विज्ञप्ती जारी गरि सरकारलाई व्यवस्थित र प्रभावकारी ढंगले उद्धार र राहतमा जुट्न आग्रह गर्दै उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमन समेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने जानकारी गराउका हुन् ।

विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर पिडामा परेका नेपालीहरुको सेवामा समर्पित हुनु सबैको परम कर्तव्य भएको भन्दै सभापति देउवाले जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय गरेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस