आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ऋतिक रोशन स्टारर फिल्म सुपर ३० ले बक्स अफिसमा राम्रो कमाइ

AuthorAP Khabar२०७६ अषाढ ३०, सोमबार (४ साल अघि) ५४१ पाठक संख्या

असार ३०- एजेन्सी

ऋतिक रोशन स्टारर फिल्म सुपर ३० ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

पहिलो दुइ दिनमा ऋतिक रोशनको फिल्मले ३० करोडको कमाइ गरेको छ ।

कबीर सिंह र आर्टिकल १५ पनि हलमा चलिरहेको बेला सुपर ३० दर्शकको चाहमा परेको छ । मिडिया रिपोर्टहरुका अनुसार फिल्मले तेस्रो दिन १६ करोड आसपास कमाइ गर्न सफल भएको छ ।

यससँगै सुपर ३० को कुल कमाइ ४६ करोडको करिब पुगेको छ । सुपर ३० चाँडै ५० करोडको क्लमा सहभागी भएको छ । भारतीय बजारमा शुक्रवार फिल्मले ११.८३ करोड, शनिवार १८. १९ करोड कमाएको थियो ।

सुपर ३० मा ऋतिकका अलावा मृणाल ठाकुर, पंकज त्रिपाठी, वीरेन्द्र सक्सेना, अमित साध मुख्य भूमिकामा छन् । पटनाका गणितज्ञ आनन्द कुमारको जीवनमा आधारित भएर फिल्म बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस