आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आइतवार राति आएको हावाहुरी र बर्षाले गर्दा बाराको जमुनियामा १४ वटा घरमा क्षति

AuthorAP Khabar२०७६ अषाढ ३०, सोमबार (४ साल अघि) ४८६ पाठक संख्या

सबिर आलम//बारा/३०गते

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकाको वडा न.८ टोल जमुनियामा गए राती हावाहुरी र बर्षाका कारणले गर्दा १४ वटा घरमा क्षति भएको छ।

आइतवार राति ३ बजेको समयमा आचानक (टाेनारडाे) काे समान्य रुपमा आएको हावाहुरी तथा पानीले घर र आसपासका रुख बिरुवा समेतलाई उखेलेर फालिदिएको छ। उक्त हावाहुरीले चन्दृका साहको,शेख रोजि आलम,शेख मोमताज चन्देश्वर साहको , शेख सफुरुदिन ,शेख आलम ,उमाशंकर शाह,लगाएतको घरको छानो उडाएको छ।

सुशीला देविको इटाकाे पर्खाल बिरेन्द्र साहको माटाे पर्खाल,राजनरायन साह तेलीको घरको पर्खाल भत्किएको छ, भने जगदीश साहको र मदन साहको टालिको घर भत्किएको छ।,साथै शेख नुरमहम्दको खपडाकाे घर धसेको छ।

तथा जमुनिया टाेलको ५०kv को ट्रान्सफर्मर पनि जलेको छ।जस्ले गर्दा त्यो टाेलकाे २७५ घर परिवार विद्युतबाट बन्चित भएका छ्न। उक्त टाेलमा छ्तीको खबर सुन्ने बितिकै आदर्श कोतवाल गाउँपालिकाका प्रमुख मुस्तुफा अन्सारी ,वडा न.८ का वडा अध्यक्ष उमाशकर साह तेली,गाउँपालिका सदस्य शेख नुर महम्द ,

तथा युवा नेता अजिम अन्सारी ,हरिनारायण कुशवाहा,मुकेश शाह नागेन्द्र साह लगाएतले अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस