आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा बाढीमा परी सोमबार सम्म ९ जनाको मृत्यु

AuthorAP Khabar२०७६ अषाढ ३०, सोमबार (४ साल अघि) ३५० पाठक संख्या

अखिलेश कुमार यादव।

रौतहट असार ३०

लगातार ४ दिन देखि भएको बर्षाको कारणले गर्दा रौतहट आएको बाढीमा परि सोमबार सम्म रौतहटमा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । एक जना अहिले सम्म बाढीमा परि बेपत्ता भएको र खोजतलाश कार्य जारि रहेको प्रहरी कार्यालय रौतहटले जनाएको छ । भारतीय बाध तिते पछि पानीको सतह सतह घट्दै गएपछि विभिन्न स्थानमा मृतकको शव भेटिन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बाढीको कारण ६ जना पुरुष, एक जना महिला र दुई बालकको मृत्यु भएको छ । गत शनिबारदेखि हराइरहेका राजपुर नगरपालिका—१ का २५ वर्षीय सोनालाल साहको शव सोमबार बिहान गौर भन्सार एरियामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस