आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ठूलो परिमाणमा लागुऔषध चरेस सहित एकजना महिला पक्राउ

AuthorAP Khabar२०७६ अषाढ ३१, मंगलबार (४ साल अघि) ३८७ पाठक संख्या

असार ३१ चितवन ।

चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस सहित एकजना महिलालाई पक्राउ गरेको छ । प्रहरीले ४३ किलो चरेस सहित एक भारतीय महिलालाई पक्राउ गरेको हो ।ईलाका प्रहरी कार्यालय टाँडी बाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार राती रत्ननगर नगरपालिका २ बाट भारतको मोतिहारी घर भएकी अन्दाजी बर्ष ७० की नुर्जाहा खातुनलाई पक्राउ गरेको हो । उनी रत्ननगरमा आफ्नो छोरीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनको साथबाट ४३ किलो लागुऔषध चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस