आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ का मन्त्रीहरुको एक महिनाको तलब बाढी पीडितलाई हस्तान्तरण गरिने

AuthorAP Khabar२०७६ अषाढ ३१, मंगलबार (४ साल अघि) २३८ पाठक संख्या

जनकपुरधाम, असार ३१ गते ।
केही दिन यताको अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागी प्रदेश नं. २का मुख्यमन्त्री देखी राज्य मन्त्री सम्मले एक महिनाको तलब दिने भएको छ ।

मन्त्री परिषदको आज बसेको बैठकले राहत , उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो । यसका साथै मन्त्री परिषदले साउन १ गते देखी प्रदेशका सबै मन्त्री , राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन आग्रह गरेको छ ।

बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण समेत गर्ने छन । प्रदेश सरकारले यस अघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छन ।
प्रदेश सरकारले यस अघि नै बाढी बाट मृत्यु हुनेको परिवार लाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस