फिल्मको ८ मिनेटको दृश्यको लागि ७० करोड ?

19

असार ३१ ;

बाहुबली फिल्मका स्टार प्रभास र बलिउड नायिका श्रद्धा कपुर एउटै फिल्ममा देखिंदैछन् ।

भारतीय फिल्म ‘साहू’ मा यो जोडीको काम हेर्न दर्शकहरू व्यग्र रहेको बताइन्छ । हिन्दी, तेलुगु र तामिल भाषामा निर्माण गरिरहेको यो फिल्मको बारेमा सानो खबर बाहिरिएसँगै यसको बारेमा ह्वात्तै चर्चा बढेको छ । प्रभासको फिल्म भनेर यसअघि नै चर्चा बटुलेको यो फिल्ममा छायाकार आर माधीले उक्त खबर चुहाएको बताइन्छ । माधीका अनुसार फिल्ममा ८ मिनेटको दृश्यको लागि ७० करोड भारु खर्च गरिएको छ ।

अबुधाबीमा छायाङ्कन गरिएको उक्त एक्सन दृश्यले सबैभन्दा खर्चिलो दृश्यको कीर्तिमान नै राख्ने खबर चलेको छ । फिल्ममा प्रभासको भूमिका विभिन्न प्रकारको रहेको खबर छ । श्रद्धा भने फिल्ममा प्रहरीको भूमिकामा देखिने छिन् ।

प्रभासको फिल्म एक्सन हुने पक्का रहेपनी सानो दृश्यको यति ठुलो रकम खर्चेको खबरसँगै फिल्मको चर्चा चुलिएको बताइएको छ । फिल्ममा प्रभास र श्रद्धा बाहेक ज्याकी श्रफ, निल नी तिन मुकेश, मन्दीरा बेदी, चंकी पाण्डे, महेश मान्ज्रेकर, अरुण विजय, मुरली शर्मा लगायतका कलाकारहरू रहेका छन् ।

सुजिथ रेड्डीले निर्देशन गरेको उक्त फिल्म बजेट ३ अर्व भारु रहेको छ । फिल्म आगामी अगस्ट १५ मा रिलिज हुने बताइएको छ ।
-एजेन्सी

Loading...