आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देउवाले रौतहटका बाढीपीडितलाई भेट्न मानेनन्, राहत नलिई आएकाले नभेटेको जिल्ला नेताको स्विकारोक्ति

AuthorAP Khabar२०७६ श्रावण २, बिहिबार (४ साल अघि) २११ पाठक संख्या

रौतहट, साउन २

बाढीपीडितको समस्या बुझ्न रौतहट पुग्नु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पीडितलाई नभेटी फर्कनु भएको छ । पीडित बसेकै छेउमा खाना खाएर उहा पीडितलाई पनि नभेटी फर्कनु भएको हो ।

पीडितका पक्षमा सरकारले काम गर्न नसकेको आरोप लगाउदै आउनु भएका देउवा स्वयम भने पीडितलाई नभेटी जिल्लास्तरका नेतासँग मात्र भेटघाट गरी फर्कनु भएको थियो । कांग्रेस उपसभापति विमलेन्द्र निधि मंगलबारै बाढी प्रभावित क्षेत्रमा पुगेपनि देउवा भने बुधबार विहान विमानबाट सिमरा हुदै रौतहट पुग्नु भएको थियो । उहा रौतहट पुग्दा कयौं भारतिय नम्बर प्लेटका गाडीले पछ्याएका थिए ।

सभापति देउवाले वाग्मतीले कटान गरेको क्षेत्र निरीक्षण गर्नुभएको थियो । गढीमाईको लक्ष्मीपुरका केहीलाई बाटोमै भेटेर उहा दुर्गा भगवती गाउँपालिका पुग्नु भएको थियो । त्यहाँ उहाले पालिकाका अध्यक्ष अरुण साहको घरमा खाना खानु भएको थियो । तर, सय मिटर नजिकै बसेका विस्थापित भने भेट्न मान्नु भएन, जहाँ बाढी र डुबानका कारण करिब २ सय परिवार कष्टसँग बसिरहेका छन् । उहा बडहर्वाको बाँध हेरेर फर्किनुभयो ।

बाँधमा दुई सय घरपरिवार त्रिपाल टागेर बसेका छन् । त्यहाँ उहाले पीडितसँग करिव पाँच मिनेट जतिमात्रै कुरा गर्नुभयो । ‘भारतीय बाँधका बारेमा सरकारले गम्भीर चासो लिनुपर्छ,’ उहाले भन्नुभयो, ‘बाँधकै कारण यत्रो क्षति भएको छ । यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’

कांग्रेसका जिल्ला नेताहरुले देउवा राहत नलिई आउनु भएकाले पीडितसँग नभेटेको प्रतिक्रिया दिएका छन् । ‘सभापति देउवा राहत नलिई आउनुभएकाले पीडितलाई भेट्दा समस्या हुन सक्छ भनेर कटान क्षेत्र मात्र निरीक्षण गर्नुभयो,’ कांग्रेसका एक जिल्ला नेताले भन्नुभयो ।साभार जनता पाटि

प्रतिक्रिया दिनुहोस