आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश न २ सरकार द्वारा रौतहटका बाढी पीडितलाई एक करोड ३५ लाखको राहत बितरण

AuthorAP Khabar२०७६ श्रावण २, बिहिबार (४ साल अघि) ३७२ पाठक संख्या

अखिलेश कुमार यादव
रौतहट साउन ०२ : बाढीको मुख्य पिडित रहेको रौतहट जिल्लामा लागातर राहत बितरण कार्यक्रम जारि रहेको छ। बाढीले गर्दा रौतहट जिल्ला उथल पुथल भएको बेला रौतहट जिल्लामा प्रदेश सरकारले १ करोड ३५ लाखको राहत वितरण गरेको छ। प्रदेश न २ को मुख्यमन्त्री मो ;लालबाबु राउत लगाएत मन्त्रिपरिषदका दर्जनौ सदस्यसहितको टोलीले बाढीले पूर्ण रुपमा ध्वस्त भएको रौतहट जिल्लामा राहत सामग्री वितरण गरेको छ ।

रौतहट जिल्ला सदरमुकाम गौरमा रहेको जिल्ला प्रशासन कार्यालयको परिसरमा बिहीबार मुख्यमन्त्री राउतले बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, झुललगायतका सामग्री वितरण गरेको छ ।

बाढीबाट तत्काल राहतका लागि प्रदेश सरकारले उपलब्ध गराएको दश/दश लाख रुपैयाँको राहत समाग्री वितरण गरिसकेको मुख्यमन्त्री राउतले प्रस्ट पारे ।
राहत सामग्रीमा पीडित प्रति परिवार २५ किलोग्राम चामल, चार किलोग्राम दाल, झुल, त्रिपालसहित दुई हजार पाँच सय ७५ रुपैयाँको समाग्री वितरण गरिएको छ । उक्त राहतले पिडित परिवार खुशी महासुसु गरेको छ ।

राहत वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, प्रदेशसभा सदस्य बाबुलाल साह, किशोरी यादव, शेष अब्दुल कलाम अजाद लगायतको उपस्थिति रहेको थियो। ५ हजार पिडित परिवारलाई राहत बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस