आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ

AuthorAP Khabar२०७६ श्रावण ३, शुक्रबार (४ साल अघि) ४०२ पाठक संख्या

साउन ३, । पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ ।

अर्का पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको एक हप्तापछि अब्बासीलाई गिरफ्तार गरिएको हो ।

उनलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा राखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् ।

अब्बासीले सन् २०१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

उनी पाकिस्तान मुस्लीम लिग नवाज (पिएमएल-एन) का नेता हुन् । उनको पार्टी पछिल्लो निर्वाचनमा पराजित भएको थियो ।

अब्बासीका पूर्ववर्ती प्रधानमन्त्री नवाज सरिफलाई भने यसअघि गत वर्ष नै सात वर्षे जेल सजायको फैसला सुनाइएको थियो ।

भ्रष्टाचारविरुद्ध काम गर्ने अधिकारीहरूले नवाजका भाइ शभाज सरिफलाई पनि लक्षित गरिरहेको बताइएको छ ।

पाकिस्तानमा भ्रष्टाचार ठूलो समस्याको रूपमा रहेको छ । एक वर्ष अगाडी प्रधानमन्त्रीका रूपमा इमरान खान निर्वाचित भएपछि उनले भ्रष्टाचार विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिएका छन् ।

यो खबर पढेर तपाई

प्रतिक्रिया दिनुहोस